• २०८१ श्रावण १२ शनिबार

काठमाडौँ-कलिङ साहित्य महोत्सवमा पुस्तक ‘किङ्डम लस्ट’ मा छलफल

kharibot

ललितपुर । आजदेखि ललितपुरमा सुरू भएको त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ मा सागर एसजेबी राणाले लेखेका पुस्तक ‘किङ्डम लस्ट : नेपाल ट्र्यास्ट विथ डेमोक्रेसी’ मा छलफल भएको छ । 

प्राध्यापक बद्रीनारायण गौतम, कांग्रेस नेता डा मीनेन्द्र रिजाल, इन्स्टिच्युट फर इन्टरग्रेटेड डेभलोपमेण्ट स्टडिज निर्देशक सुचिता प्याकुरेल, कांग्रेस नेता तथा अध्येता शङ्कर तिवारीसँगको छलफलमा लेखक राणाले भावी पुस्तालाई इतिहासबारे जानकारी दिने उद्देश्यले पुस्तक लेखेको जानकारी दिए । 

“इतिहास बुझाएनौँ र हामी को हौँ भन्ने सिकाएनौँ भने कसरी नेपाली भनेर भावना राख्छन्”, लेखक राणाले भने । 

पुस्तकका बारेमा टिप्पणी गर्नुहुँदै प्राध्यापक गौतमले इतिहासको तथ्यसँग निकै नजिक रहेको बताए । उनले भने, “ओझेलमा रहेका र हराउन लागेका विषयलाई किताबमा समेटिएको छ । विसं २००७ देखि ०६५ सम्मको सिलेसिलेवार प्रस्तुति छ । यो जनताको इतिहासको आँखीझ्याल हो ।”

कांग्रेस नेता रिजालले पुस्तकले इतिहासका लुकेका पाटालाई उजागर गरेको बताए । उनले भने, “प्रजातन्त्रअघि र पछाडिका थुप्रै पाटाहरू पुस्तकमा समावेश भएको छ । यसले प्रजातन्त्र र लोकतन्त्रको प्राप्तिसँगै त्यसको महत्त्वसँग जानकार गराएको छ ।” 

निर्देशक प्याकुरेलले कांग्रेसको राजनीतिक अवस्था इतिहास पुस्तकबाट थाहा पाउन सकिने बताए । उनले भने, “पुस्तकलाई महिलाको मुद्दाबाट केलाउँदा आन्दोलमा महिलाले गरेको योगदानका बारेमा चर्चा भएको पाइएन ।” 

यशस्वी प्रज्ञा प्रतिष्ठान नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही भदौ १७ गतेसम्म सञ्चालन हुनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै