काठमाडौँ । नेपाली काँग्रेसले संबिधान सभा अध्यक्ष सुबास नेम्वाङको निधन भएपछि जारी बिपी साहित्य महोत्सव स्थगित गरेको छ ।
कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको निधन भएकोमा पार्टीको जारी बिपी साहित्य महोत्सवको तेस्रो र अन्तिम दिनको सबै कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् ।
भाद्र २४ गतेदेखि शुरु भएको बिपी साहित्य महोत्सव आज सकिदै थियो ।
एमालेका उपाध्यक्ष समेत रहेका नेम्वाङको गएराती हृदयघातबाट निधन भएको थियो ।