• २०८१ बैशाख २७ बिहीबार

काँग्रेसले संसदीय समितिका सभापतिमा आरजुसहित चार जनालाई उम्मेदवार बनाउने

kharibot

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

संसदीय समितिको सभापतिको लागि कांग्रेसले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणालाई कृषि समितिको सभापति बनाउने भएको छ ।

त्यस्तै संसदीय समितिको सभापतिमा जीवन परियारलाई उम्मेदवार बनाउने भएको छ भने अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको हो ।

कांग्रेसको संसदीय समितिमा संस्थापन इतर समुहले दुई जना दाबि गरेपनि सो समुहबाट परियार परेका छन् । त्यस्तै चालिसे कुनै समुहमा नरहेका नेता मानिन्छन् ।

लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै