• २०८१ बैशाख १६ आइतबार

संसदीय समिति गठन गर्न सरकार डरायो- सांसद खतिवडा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताए ।

उनले संसदीय समिति गठन गर्न नसक्ने सरकारले आफ्ना साझा न्यूनतम कार्यक्रममा विभिन्न आयोग गठन गर्ने उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए ।

सांसद खतिवडाले भने- 'सरकारले न्यूनतम साझा कार्यक्रम सुनियो। विभिन्न आयोग गठन गर्छु भन्ने पनि त्यहाँ उल्लेख गरिएको पाइयो । सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँडने सरकारले कस्तो आयोग गठन गर्ला ? अचम्मको विषय पर्‍यो सभामुख। जनतालाई ढाँट्ने काम नहोस्। '

उनले सरकार हरेक क्षेत्रमा विफल हुने दावी गर्दै भने - 'केही दिनअघि प्रधानमन्त्रीज्यूले मैले संसदमा बोलेको सुने । सरकारको गियर परिवर्तन गर्नुपर्यो भन्नुभयो । एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम लाग्दैन भन्ने आभाश हामीलाई लागेको छ ।'
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय