• २०८१ बैशाख २४ सोमबार

आलिया, कृति र अल्लु अर्जुनले जिते नेशनल अवार्ड

kharibot

काठमाडौँ । भारतीय फिल्म क्षेत्रको नेशनल अवार्डको घोषणा गरिएको छ । विहिबार भारतको ६९औँ नेशनल अवार्डको घोषणा गरिएको हो ।

यस वर्षको उत्कृष्ट अभिनेत्रीको अवार्ड आलिया भट्ट र कृति सेननले संयुक्त रुपमा जितेका छन् भने पुष्पा फेम अभिनेता अल्लु अर्जुनले उत्कृष्ट अभिनेताको नेशनल अवार्ड जितेका छन् । यी अवार्डहरू सन् २०२१ को लागि प्रदान गरिएको हो । यो भारतको सबैभन्दा प्रतिष्ठित र बहुप्रतिक्षित पुरस्कार मध्ये एक हो । 

२०२१ मा प्रदर्शन भएका सिनेमा मध्ये ‘सरदार उधम’, ‘आरआरआर’, ‘गंगुबाई काठियावाडी’ र ‘द कश्मीर फाइल्स’ राष्ट्रिय फिल्म अवार्डमा हावी भएका छन् । विक्की कौशल स्टारर 'सरदार उधम' ले पाँच अवार्ड जिटेको छ, जसमध्ये सबैभन्दा प्रमुख 'बेस्ट हिन्दी फिचर फिल्म' अवार्ड थियो । फिल्मलाई सुजित सिरकारले निर्देशन गरेका हुन् ।

आलिया भट्टलाई फिल्म ‘गंगुबाई काठियावाडी’मा उत्कृष्ट अभिनयका लागि अवार्ड दिइयो भने कृति सेननले फिल्म ‘मिमी’मा अभिनय गरेबापत अवार्ड जितेकी हुन् । त्यसैगरी साउथ सुपरस्टार अल्लु अर्जुनले ‘पुष्पाः द राइज’ मा आफ्नो दमदार र उत्कृष्ट अभिनयका लागि उत्कृष्ट अभिनेता तर्फको नेशनल अवार्ड जितेका छन् ।

‘एआरआर’ को ‘कोमुराम भीमुडो’ गीतका लागि गायक कला भैरवले उत्कृष्ट प्लेब्याक पुरुषको अवार्ड जिते भने श्रेया घोषालले उत्कृष्ट प्लेब्याक फिमेलको अवार्ड जितेकी छन् । फिल्म ‘मिमी’ बाट पंकज त्रिपाठीले सर्वोत्कृष्ट सह–अभिनेता र ‘द कश्मीर फाइल्स’ बाट पल्लवी जोशीले उत्कृष्ट सह–अभिनेत्रीको अवार्ड जितेका छन् ।

त्यसैगरी ‘सरदार उधम’ ले सर्वोत्कृष्ट हिन्दी फिचर फिल्मको अवार्ड जित्यो भने अर्कातिर आर माधवनको ‘रकेटरीः द नाम्बी इफेक्ट’ ले सर्वोत्कृष्ट फिचर फिल्मको विधामा नेशनल अवार्ड जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै