• २०८१ बैशाख १७ सोमबार

सुन तस्करी प्रकरणमा जोडिएका अध्यागमनका महानिर्देशक मन्त्रालयमा तानिए

kharibot

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

स्रोतका अनुसार सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँग कुराकानी गरेको खुलासा भएपछि गृहले उनलाई मन्त्रालयमा तानेको हो ।

अधिकारीले दावासँग गरेको अनलाइन च्याट सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको छ । सुन तस्करी प्रकरणमा अधिकारी अनुसन्धानको दायरामा आउन सक्ने स्रोतले बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै