• २०८१ कार्तिक ६ मंगलबार

शिकार गर्न आएको चितुवालाई बाँदरको समुहले लखेटेपछि... (भिडियोसहित)

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाको एक दुर्गम क्षेत्रमा आफ्नो सुरक्षाका लागि बाँदरहरूको गजबको एकता देखिएको छ ।

बाँदरहरुले आफुलाई आक्रमण अग्रण आएको चितुवालाई सबै मिलेर आक्रमण गरी भगाउन सफल भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडियोमा बाँदरहरुको जमातले चितुवालाई एकसाथ आक्रमण गरेको देखिएका छन् । झडपले यातायात अवरुद्ध हुँदा भिडियो रेकर्ड गरिएको थियो ।

चितुवा बाटोको छेउमा शिकारको खोजीमा घुमिरहेको थियो । यसैबीच बाटोमा बाँदरको समूह पनि देखियो । चितुवाले समूहलाई आक्रमण गर्नुअघि बाँदरले चितुवामाथि आक्रमण गरेका थिए । भिडियो हेर्दा सुरुमा बाँदरले पछि हट्ने मन बनाए जस्तो लागेपनि बाँदरहरुले चितुवाको सामना गरेका थिए ।

बाँदरहरूले चितुवालाई आक्रमण गरेर लखेटेका थिए । तर, बाँदरको संख्या देखेर चितुवासँग भाग्नुको विकल्प थिएन । चितुवाले शुरुमा बाँदरहरूसँग लड्न खोजेपनि अन्ततः हार मानेर भाग्नुपरेको थियो । घटनाका कारण केही घण्टा यातायात अवरुद्ध भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै