• २०८१ बैशाख १७ सोमबार

सुनिल शर्मालाई कारबाही गर्ने माओवादी निकट अखिल क्रान्तिकारीको चेतावनी

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले, नेपाली कांग्रेसका सासंद सुनिल शर्माले प्रयोग गरेको आतंककारी शब्द संसदको रेकर्डबाट नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । 

मंगलबार काठमाडौंको माईतीघरमा विरोध प्रर्दशन गर्दै क्रान्तिकारीको असन्तुष्ट समुहका संयोजक पवन कार्कीले संसदले कारबाही नगरे आफूहरुले कारबाही गर्ने चेतावनी दिए । 

उनले भने ‘सुनिल शर्माले बोलेको आतङ्कारी भन्ने शब्द संसदको रेकर्डबाट हटाईएन भने र कारवाही भएन भने हामी चेतावनी दिन चाहन्छौं । आतङककारी के हो अखिर क्रन्तिकारीले देखाउँछ । कारबाही हामी गछौं ।’

शर्मालाई कारबाही गर्नु पर्नेलगायतका विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरुले सरकारले सांसद शर्मालाई कारबाही गर्न माग गरेका छन् ।  सांसद डा. शर्माको प्रमाण पत्रको छानबिनको हुनु पर्ने उनीहरुको अडान छ । 

प्रर्दशनपछिको भेलालाई सम्बोधन गर्दै कार्कीले भने, ‘नक्कली प्रमाण पत्र प्राप्त गरेर  मेडीकल माफियाको रुपमा परिचय बनाएका सांसद जो जनजतालाई झुक्याएर भ्रममा पारेर सांसद बनेर संसद भित्र बसेर प्रधानमन्त्री र गृह मन्त्रीलाई आतङ्ककारी भनेर जुन बोली बोलेको छ । त्यसको विरुद्धमा सुनिल शर्माको संसभित्र बोलेको त्यो अभिव्यक्तिको विरुद्धमा र सुनिल शर्माले प्राप्त गरेको प्रमाणपत्र नक्कली भएको पुष्टि भईसकेको छ । त्यसकारण उसलाई कारवाही गर्नुपर्छ ।’

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नक्कली प्रमाणपत्र धारीलाई समेत अदालतले पनि छुट दिएको भन्दै आक्रोस पोखे । उनले भने, ‘उसले प्राप्त गरेको डाक्टरको प्रमाणपत्रको छानबीन गर्न सिआईबीले नियन्त्रणमा लियो तर विडम्बना पावर र पहुँचको आधारमा र बालकोटको बा को निर्देशनमा नक्कली प्रमाणपत्र धारीलाई अदालतले पनि छुट दिएको छ ।’

सरकारले सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाण पत्रको आरोपमा पक्राउ गरेपनि अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भन्दै उनी थुनामुक्त भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै