• २०८१ बैशाख २३ आइतबार

कोलम्बिया महिला विश्वकपको क्वाटरफाइनलमा

kharibot

काठमाडौँ । कोलम्बिया महिला फुटबल विश्वकपको क्वाटरफाइनलमा पुगेका छ ।

मंगलबार सम्पन्न राउण्ड १६ को खेलमा कोलम्बियाले जमैकालाई १-० गोल अन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा पुगेको हो ।

कोलम्बियाको जितमा काटालिना उस्मेले खेलको ५१औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो हारसँगै जमैकाको विश्वकप यात्रा समाप्त भएको छ । अब कोलम्बियाले क्वाटरफाइनलमा इङल्याण्डको सामना गर्ने छ । यो खेल अगस्त १२ मा हुने छ ।

यसका साथै कोलोम्बिया, इङल्याण्ड, अस्ट्रेलिया, जापान, स्विडेन, स्पेन र नेदरल्याण्डस महिला विश्वकपको क्वाटरफाइनलमा पुगेका छन् ।   
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै