• २०८१ बैशाख ३१ सोमबार

महाविर पुनलाई गृह मन्त्रालयको चेतावनी, विभूषण लिलामी गरे रद्द हुन्छ

kharibot

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई विभूषण लिलामी नगर्न चेतावनी दिएको छ । 

मंगलबार मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो । 

केही समय अघि पुनले सामाजिक सञ्जालमार्फत मानपदवी कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्ने बताएका थिए ।

गृह मन्त्रालयले पत्र लेख्दै पुनलाई भनेको छ- ‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ ।'

मन्त्रालयले पुनलाई रद्द गरेसँगै विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाएर सर्वसाधारणको जानकारीका लागि सूचना समेत जारी गर्ने कानूनी व्यवस्था रहेको स्मरण गराएको छ । 

गृहले पठाएको पत्र महाविर पुनले पदक बेच्न नपाइने भयो भन्दै  सामाजिक सञ्जालमा राखेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै