काठमाडौँ । पोर्चुगलका युवा फरवार्ड गोन्कालो रामोसलाई पिएसजीले भित्र्याएको छ ।
२२ बर्षिय रामोसलाई पिएसजीले पोर्चुगलको क्लब बेनिफिकाबाट एक सिजनका लागि लोनमा भित्र्याएको हो । साथै पिएसजीले रामोसलाई यो सिजनको अन्त्यमा किन्न सक्ने गरि लोनमा भित्र्याएको जनाएको छ ।
आफ्ना प्रमुख फरवार्ड किलीयन एम्बाप्पेसँग विवाद बढेपछि पिएसजीले रामोसलाई एम्बाप्पेको ठाउमा भित्र्याएको बुझिएको छ ।
रामोसलाई पोर्चुगलका उदियमान फरवार्डको रुपमा हेरिएको छ । एम्बाप्पेसँग क्लबको सम्बन्ध बिर्गीएको र नेइमारले पनि पिएसजी छोड्न सक्ने सम्भावना बीच पिएसजीले रामोसलाई भित्र्याएको छ ।
अब रामोसमाथि एम्बाप्पेको ठाउमा उनकै तहमा परफरमेन्स गर्नुपर्ने दबाब रहेको छ ।
उनले बेनिफिकामा गत सिजनमा ४७ खेलमा २७ गोल गरेका थिए । बेनिफिकाका एकेडेमी खेलाडी रहेका रामोस बि टिम हुदै सिनियर टिममा आएका हुन् । उनले बेनिफिकाका लागि १०६ खेलमा ४१ गोल गरेका छन् ।