• २०८१ बैशाख २० बिहीबार

कुमारी बैंक र इएमएफ माइक्रोफाइनान्स फण्डबीच व्यावसायिक ऋण सम्झौता

kharibot

काठमाडौँ  । कुमारी बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै नविन र ग्राहकमैत्री योजनाहरु ल्याउदै आएको छ । सोही मागलाई मध्यनजर गर्दै, कुमारी बैंक लिमिटेडले, इएमएफ माइक्रोफाइनान्स फण्ड, एजीएमभिके, लेस्टेस्टेइन सँग व्यावसायिक ऋण सम्झौता गरेको छ । 

इएमएफ माइक्रोफाइनान्स फण्डसँगको सहकार्य मार्फत, कुमारी बैंकले सान तथा मझौला क्षेत्रलाई किफायती कर्जा पहुँचका साथ सशक्तिकरण गर्ने लक्ष्य राखेको छ जसले आर्थिक उन्नतिको लागि नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्दछ । यस अघि, कुमारी बैंकले महिला सशक्तिकरण ऋण र महिला स्वामित्व भएका एमएसएमइएसलाई सहयोग गर्न माइक्रोफाइनान्स एन्हान्समेन्ट सुविधा एसएस, एसआइसीएभी-एसआइएफसँग इसीबी सफलतापूर्वक पूरा गरिसकेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०४ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०७ ए.टि.एम. तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै