• २०८१ बैशाख २५ मंगलबार

बैतडीमा पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

kharibot

बैतडी । पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चाैडी नगरपालिका–२  भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो ।

पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा  घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै