• २०८१ बैशाख २० बिहीबार

‘अफगानिस्तानमा आईएसको उपस्थिति छैन’

kharibot

काठमाडौं । अफगानिस्तानको कामचलाउ सरकारले देशमा इस्लामिक स्टेट (आईएस) सङ्गठनको उपस्थिति नरहेको दाबी गर्दै त्यससम्बन्धमा सार्वजनिक विवरण आधारहीन भएका बताएको छ । साथै उसले ती विवरणको खण्डन पनि गरेको छ ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले कसैलाई अफगानिस्तानको राष्ट्रिय सुरक्षामा खलल पार्ने वा हाम्रो भूमि अरूका विरुद्धमा प्रयोग गर्न नदिने कार्यवाहक सरकारका विदेश मन्त्रालयका प्रवक्ता अब्दुल काहार बल्खीले स्पष्ट गरेका छन् ।

इरानका एक जना वरिष्ठ कूटनीतिज्ञले आतङ्कवादी समूह आईएसका कार्यकर्तालाई सिरिया, लिबिया र इराकबाट अफगानिस्तानमा सारिएको दाबी गरेपछि प्रवक्ता काहारको उक्त स्पष्टीकरण आएको हो । 

“हामी इरानी विदेशमन्त्रीले इराक, सिरिया र लिबियाबाट आईएसका नेतालाई अफगानिस्तानमा सारिएको दाबी गर्ने आरोपलाई अस्वीकार गर्दछौँ,” बल्खीले ट्वीट् गरेका छन् । 

यसअघि अफगान सुरक्षा बलहरूले आईएससँग सम्बद्ध दर्जनौँ कार्यकर्ताहरूलाई मारेको र गिरफ्तार गरेका थिए ।  चरमपन्थी सशस्त्र समूहले राजधानी काबुलमा मस्जिद, होटल र विदेश मन्त्रालयका कर्मचारीलगायत धेरै जनामाथि भएका घातक हमलाको जिम्मेवारी लिएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै