• २०८१ असार १५ शनिबार

दलाई लामा र चीन सरकारबीच अनौपचारिक संबाद सुरु

kharibot

नयाँदिल्ली । चीनले हालै तिब्बतका धार्मिक नेता दलाई लामासँग सम्पर्क गरेको छ । 

साउथ चाइना मर्निङ पोस्टका अनुसार दलाई लामाले करिब एक साताअघि चिनियाँ नेताहरूले आफूसँग सम्पर्क गरेको बताएका थिए। यद्यपी, यो कहिले भयो र चीनसँग के वार्ता भयो ? त्यो भने उनले खुलाउन चाहेनन् । 

दलाई लामाले यसअघि आफू वार्ताका लागि सधैं तयार रहेको बताए पछि चीन सरकारले सम्पर्क गरेको बताईएको छ । 

दलाई लामाले भारतमै बसेर ‘तिब्बत सरकार’ चलाईरहेका छन । । यसलाई तिब्बतको निर्वासन सरकार पनि भनिन्छ। हालै यो सरकारकी मन्त्री नोर्गिन डोल्मा जापान भ्रमणमा गएकी छन् । त्यहाँ उनले चीनले दलाई लामासँग अनौपचारिक रूपमा ब्याकडोर वार्ता गरिरहेको र यो निकै महत्त्वपूर्ण रहेको पनि पुष्टि गरेका थिए । दलाई लामाले आफ्नो जीवनकालमा तिब्बतको समस्याको समाधान खोज्नेमा हामी सबै सहमत छौं भन्ने सन्देश निरन्तर दिए पछि चीन सम्पर्कमा आएको हुन सक्ने जनाईएको छ ।

यसअघि आफ्नो जन्मदिनको अवसरमा दलाई लामाले भनेका थिए– ‘चीन अब परिवर्तन हुँदैछ र म उनीसँग कुरा गर्न तयार छु । मलाई भेट्न चाहनेले तिब्बतको समस्या समाधान गर्न आउन सक्छन् । हामी पूर्ण स्वतन्त्रता चाहँदैनौं। धेरै वर्ष पहिले हामीले निर्णय गर्यौं कि हामी चीनको हिस्सा रहनेछौं।’

अहिले चीनले पनि तिब्बती जनताको मनोबल निकै बलियो भएको महसुस गरेको उनले जनाएका छन् । ‘त्यसैले अब तिनीहरू संबाद गर्नका लागि मसँग आउने छन भन्नेमा म बिश्वस्त छु ।’ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै