• २०८१ असार १५ शनिबार

छक्का पञ्जा- ४ र जारीको कमाई सबैभन्दा बढी, कुन फिल्मले कति कमाए ?

kharibot

काठमाडौँ । यस वर्षदेखि स्वदेशी तथा विदेशी फिल्महरुले नेपालमा गरेको कमाई सार्वजनिक गर्न थालेको चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका फिल्महरुको ग्रस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । 

गत आर्थिक वर्षमा स्वदेशी र विदेशी गरी जम्मा १३५ फिल्म प्रदर्शन भएको बोर्डले जनाएको छ । नेपाली तथा विदेशी फिल्मको कमाईमा ठूलो अन्तर देखिन्न ।

स्वदेशी फिल्महरूको २७ लाख १६ हजार २१७ थान टिकट बिक्रीसहित ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार एक रुपैयाँ छ भने विदेशी फिल्महरुको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्रीसहित ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ रुपैयाँ छ । स्वदेशी तथा विदेशी फिल्महरुको गरी २०७९/८० मा १५६ करोडमाथिको कारोबार भएको छ ।

गत आर्थिक वर्षमा स्वदेशी फिल्मतर्फ छक्का पञ्जा- ४ ले सर्बाधिक १७ करोड ५२ लाख ग्रस कमाई गरेको छ । त्यस्तै, १७ करोड १७ लाख ग्रससहित ‘जारी’ दोस्रो र प्रेमगीत-३ को नेपाली भर्सनले ७ करोड ७० लाख ग्रससहित तेस्रो स्थानमा छ । 

विदेशी फिल्मतर्फ ‘पठान’ १३ करोड ग्रससहित पहिलो, ‘अवतार’ ८ करोड ग्रससहित दोस्रो र ‘ब्रम्हास्त्र’ ४ करोड ग्रस कमाईसहित तेस्रो स्थानमा छ ।

यस वर्ष ‘जारी’पछि फिल्म ‘बिहे पास’को उच्च ग्रस कमाई देखिन्छ । दुई चरणको प्रदर्शनसहित फिल्मले ३२ हजार ८ सय २५ वटा टिकट बिक्रीबाट ९४ लाख ग्रस कमाई गरेको छ । त्यस्तै, तेस्रो स्थानमा फिल्म ‘प्रसाद २’ छ, जसको ग्रस कलेक्सन ८१ लाख ५१ हजार देखिन्छ । बोर्डले फिल्महरुको कमाईसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्रीको संख्या पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै