• २०८१ असार १७ सोमबार

सांसद पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको अघि बढाउन दबाब यात्रा

kharibot

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको नेतृत्वमा चक्रपथ विस्तारको काम शीघ्र अघि बढाउन माग गर्दै दबाब यात्रा गरिएको छ । कलङ्कीबाट सुरु भएको यात्रा चक्रपथको कलङ्की–सीतापाइला–स्वयम्भू–बालाजु–सामाखुसी– वसुन्धरा हुँदै धोविखोला भएर अघि बढिरहेको छ ।

सडक विस्तारको काम ढिला भएको र सर्वसाधारणले समस्या भोग्न परेको भन्दै विरोध स्वरूप पैदलयात्रा गरिएको हो । सरकारले चक्रपथ विस्तारका लागि ६ वर्ष अघि धमाधम रुख काटेर नयाँ लेन बनाउने भनिए पनि सो काम अलपत्र छ । काठमाडौँको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रूपमा गम्भीर असर परिरहेको छ ।

सरकारले महत्त्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्राको आयोजना गरेका हुन् ।

केही दिनअघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए । 

यस्तै, उनले काठमाडौँ महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै