• २०८१ बैशाख १६ आइतबार

बंगलादेश भ्रमणबाट स्वदेश फर्कियो नेपाली राष्ट्रिय महिला फुटबल टिम टोली

kharibot

काठमाडौं । बंगलादेश भ्रमणमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिम स्वदेश फर्किएको छ । दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाएर नेपाली टोली फर्किएको हो ।

स्वदेश फर्किएको नेपाली टोलीलाई एन्फा पदाधिकारीहरुले विमानस्थलमा फूलमालाले स्वागत गरेका थिए । अध्यक्ष पंकजविक्रम नेम्बाङ, महासचिव किरण राईलगायत पदाधिकारीहरु खेलाडीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

विमानस्थलमा नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेश भ्रमण आउने एसियन गेमको तयारीका रुपमा लिएको बताउदै बंगलादेशलाई कडा चुनौतीका साथ जित हासिल गरेको प्रतिक्रिया दिएकी थिइन् ।

यस्तै नेपाली राष्ट्रिय महिला टिमका प्रशिक्षक अनन्तराज थापाले बंगलादेशको यही टिमसँग होम ग्राउन्डमा पराजित भए पनि उनीहरुको घरेलु मैदानमै हामीले पराजित गरेर बदला लिने मौका पाएको प्रतिक्रिया दिए । 

मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली टोलीले पहिलो खेल १-१ गोलको बराबरी खेलेको थियो । भने दोस्रो खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै