• २०८१ बैशाख २८ शुक्रबार

घोराही सिमेन्टको आइपीओ बाँडफाँट

kharibot

काठमाडौ । घोराही सिमेन्टको आइपीओ आइतबार बाँडफाँट भएको छ । यसमा रितपूर्वक आवेदन दिएका सबै ५ लाख ५७ हजार ७०१ जना लगानीकर्ताहरुलाई सेयर दिइएको छ ।

यसमध्ये १० कित्तादेखि ७० कित्तासम्म आवेदन दिएका ५ लाख ५३ हजार ४४ जनालाई मागअनुसार सेयर बाँडफाँट गरिएको छ ।

यसैगरी, ८० कित्तादेखि ३० हजार कित्तासम्म आवेदन दिएका ४ हजार ६५७ जनालाई ७० कित्ताका दरले सेयर पाएका छन् ।

यसरी बाँडफाँट गरी बाँकी रहेको ६ हजार ९१० कित्ता सेयर गोलाप्रथामार्फत बाँडफाँड गरिएको छ । जसअनुसार ८० कित्तामाथि आवेदन दिएका ४ हजार ६५७ जना मध्येबाट ६९१ जनालाई १० कित्ताका दरले थप सेयर दिइएको छ ।

उनिहरुको भागमा ८० कित्तासम्म सेयर परेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ जारी गरेको थियो । 

फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएर असार २५ गते बिक्री बन्द भएको थियो ।

लगानीकर्ताले आइपीओ बाँडफाँटको नतिजा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ  र हिमालयन क्यापिटल तथा निष्कासनकर्ता कम्पनी घोराही सिमेन्टको वेबसाइटबाट हेर्न सक्नेछन् ।

यस्तै, मेरोसेयर एप र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै