• २०८१ जेठ ४ शुक्रबार

गुणस्तरहिन काम गर्ने ठेक्केदारमाथी उपमेयर महतोको एक्सन

kharibot

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा अनुगमन नभएका र कागजात नपुगेका योजनामा उमेयर रेणु कुमारी महतोले अंकुश लगाएकी छन् । योजना सम्पन्न गरेता पनि कतिपय फाइल नपुगेको र अनुगमन नगरेको भन्दै सम्पन्न भएका योजनामाथि समेत भुक्तानी रोक्न निर्देशन दिएकी हुन् । 

बजेट सक्ने उदेश्यले रातारात गरेका कतिपय काम अनुगमनका क्रममा चित्त नबुझेको हुनाले भुक्तानी रोकिदिने निर्णय गरेको उपमेयर महतोले बताइन् ।

यही विषयलाइ लिएर उनले गरेको निर्णय गौशला नगरपालिकामा चर्चाको विषय बनेको छ । काम नगरी बजेट पचाउने योजनाका ठेक्केदारलाइ ठिकै भएको कतिपयले प्रतिक्रिया दिएका छन् भने  कतिपयले काम सकिएपछि गरिएको यो निर्णय पूर्ण पुर्वाग्राही भएको तर्क गरेका छन् ।

पत्रमा योजना साखामा अपुरो फाइलको विषयमा पटकपटक ताकेता गर्दा पनि उपलब्ध नगराएपछि शंका लागेर भुक्तानी रोक्नुपरेको समेत उपमेयर महतोको भनाइ छ । अनुगमन समितिको आफू संयोजक भएतापनी कतिपय योजनामा  हस्ताक्षर नभएको बताउँदै अनुगमनविनाको योजनामा गुपचुप भुक्तानी दिन  नसकिने उपमेयर महतोको तर्क छ ।

यता अनुगमन गर्न र फाइल उपलब्ध नगराएको विषयमा कर्मचारीले आपत्ती जनाएका छन् । अनुगमन अपुरो भएका योजनामा ऐन, कानुनअनुसार बर्जित भएता पनि भुक्तानी प्रक्रियामा जानु दुखद भएको कतिपय स्थानीयको तर्क छ ।

कर्मचारीलाई दिएको आन्तरिक निर्देशनलाई लिएर उनीहरूले उपमेयरविरुद्ध  सामूहिक विज्ञप्ति समेत निकालेका छन् । उनीहरूले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'उपमेयरले दिएको आदेशप्रती साखाका सम्पुर्ण कर्मचारी घोर भत्सर्ना गर्दछौ ।'

उपमेयरले कर्मचारीलाई लगाएको आरोप झुट भएको पनि उनीहरूले उल्लेख गरेका छन् । प्रावधिक नापजाँच सम्पन्न गरेर सम्पन्न योजनालाइ नियमअनुसार नै अन्तिम समयसिमाभित्र भुक्तानी दिने प्रक्रियामा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तर स्थानीय सरकार संचालन ऐनअनुसार कुनै पनि योजना सम्पन्न भएपछि उपमेयरको अनुगमन भएपछी मात्र भुक्तानी दिनुपर्ने उल्लेख छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै