• २०८१ बैशाख १६ आइतबार

मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन

kharibot

काठमाडौँ । सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषदको बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको  सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले सो घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको उनले बताइन् । 

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट उडेको मनाङ एयरको हेलिकप्टर सवा १० बजे सम्पर्कबिहीन भएको थियो । त्यसको केही समयपछि सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ स्थित लामजुरामा दुर्घटनाग्रस्त अवस्था भेटिएको थियो ।

हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक थिए ।  हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । अहिले मृतक ६ जनाकै शव पोष्टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइसकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै