• २०८१ बैशाख २८ शुक्रबार

हेलिकप्‍टर दुर्घटनामा परेकाको शव टिचिङ अस्पतालमा ल्याइयो

kharibot

काठमाडौँ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा परी ज्यान गुमाएका ६ जनाको शव काठमाडौं ल्याइएको छ । 

नागरिक उडड्यन प्राधिकरणले दुर्घटनामा परेर निधन भएका ६ जनाको शव मंगलबार साँझ काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा शव ल्याइएको जानकारी दिएको हो ।

६ जनाको शव अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको हो । 

मंगलबार बिहान करिब १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो । पछि हेलिकप्टर लिखुपिके गाउँपालिका-५ स्थित लामजुरामा दुर्घटनामा परेको अवस्थामा फेला परेको थियो । 

हेलिकप्टरमा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिक थिए ।  हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै