• २०८१ बैशाख १५ शनिबार

मनाङ एयरको हेलिकोप्टर लामजुरामा दुर्घटनाग्रस्त

kharibot

काठमाडौँ । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको छ ।

बिहान १० बजेर ५ मिनेट सुर्केबाट उडेको मनाङ एयरको नाइन एन - एएमभी कलसाइनको हेलिकोप्टर लिखुपिके गाउँपालिका-५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । लिखुपिके गाउँपालिका अध्यक्ष मीना कार्की बस्नेतका अनुसार च्यानडाँडामा चौरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।

हेलिकप्टर क्याप्टेन चेत गुरुङले हेलिकोप्टर उडाएका थिए । हेलिकोप्टरमा क्याप्टेनबाहेक ५ जना विदेशी रहेको लुक्ला विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

हेलिकोप्टर लामाजुराडाँडासम्म सम्पर्कमा रहेको र काठमाडौंको टावरलाई ह्यान्डओभर गर्नासाथ सम्पर्कविच्छेद भएको बताइएको छ ।

हेलिकप्टरमा को को चढेका थिए ?

हेलिकप्टरमा चढेका ६ जनाकै परिचय खुलेको छ । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए । अन्य पाँचजना मेक्सिकोका नागरिक हेलिकप्टरमा चढेका थिए । हेलिकप्टरमा मेक्सिकोका सिफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सिफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक चढेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै