• २०८१ बैशाख १५ शनिबार

प्रतिनिधि सभाको बैठक सुरु

kharibot

काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक सुरु भएको हो ।

बैठक दिउँसो ३ बजे बोलाईएपनि एक घण्टा लिन बसेको छ । बैठक सुरु भए लगत्तै एमालेका सांसद उठेर विरोध जनाए ।

सभामुख देवराज घिमिरेले एमालेका रघुजी पन्तलाई बोल्नका लागि समय दिए । अहिले उनले आफ्नो भनाई राखिरहेका छन् । 

आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० को सबन्धमा राष्ट्रिय सभावाट प्राप्त सन्देशसहितको बिद्येयक टेबुल हुनेछ । 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको बिद्येयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्नेछन । 

साथै सो बिद्येयकमाथी छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस बिद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै