• २०८१ बैशाख १७ सोमबार

बाराक ओबामाको घर नजिकै शंकास्पद व्यक्ति पक्राउ

kharibot

न्युर्योक । पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामको निवास नजिक बिष्फोट पदार्थसहित एक संदिग्द्दलाई पक्राउ गरिएको छ ।

सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन, डीसी घर नजिकै पक्राउ गरेका हालै सार्बजनिक भएको हो ।

सीबीएस न्यूजले रिपोर्ट गरेको छ, गोप्य सेवा एजेन्टहरूले टारान्टोलाई ओबामाको घर नजिकै देखे र उनलाई पछ्याउन थाले ।

टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो । गिरफ्तारीको क्रममा, अधिकारीहरूले टारान्टोको भ्यान नजिकै पार्क गरिएको भेट्टाए, जसमा धेरै हतियार र सामग्रीहरू थिए ।

जुन मोलोटोभ ककटेल जस्तै विस्फोटक उपकरण बनाउन प्रयोग गर्न सकिन्छ । यद्यपि, सीबीएस न्यूजले रिपोर्ट गरे अनुसार ती यन्त्र एसेम्बल गरिएको थिएन ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।

खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि वारेन्ट आउट छ ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए ।

उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो।महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका ब्यक्ति हुन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै