• २०८१ बैशाख १८ मंगलबार

प्रियंकाले हलिवुडमा माधुरी दिक्षितको जीवनीमा आधारित टेलिभिजन सिरिज बनाउदै 

kharibot

काठमाडौँ, बलिवुड अभिनेत्री प्रियंका चोपडालाई हलिवुडमा पाइला टेकेको केहि बर्षमै निर्माता बन्ने भएकी छन् । प्रियंकाले बलिवुडकी अर्की अभिनेत्री माधुरी दिक्षितको जीवनीमा आधारित कमेडी टेलिभिजन सिरियल बनाउने भएकी हुन् ।

अमेरिकी टेलिभिजन नेटवर्क एबिसीका लागि बलिवुडका दुई अभिनेत्री माधुरी दिक्षित र प्रियंका चोपडा एक भएका हुन् । भेराइटी डट कमको समाचारका अनुसार यो सिरियल अभिनेत्री माधुरी दिक्षितको रियल कथामा आधारित हुने छ । यस सिरियलमा माधुरी दिक्षित पनि एक निर्माता हुने उलेख गरिएको छ । सिरियलको कथामा बलिवुडको ग्लामरस दुनियाबाट फरक संस्कृति र ठाउ अमेरिका सेटल भएकी माधुरीको जीवनीलाई आधार बनाइने भएको छ । 

हाल दुई छोराकी आमा माधुरी बलिवुडका फिल्महरुमा व्यस्त रहेकी छन् । यस सिरियलसँगै प्रियंका बलिवुडबाट हलिवुडमा समेत निर्माता बन्ने भएकी छन् । भारतमा क्षेत्रिय भाषाका फिल्महरु जस्तै मराठी, पंजावी, आसमिस लगायतका अन्य क्षेत्रमा राम्रो पकड बनाइसकेकी प्रियंकाले अब हलिवुडमा कस्तो गर्ने हुन् त्यो भने हेर्न बाँकी छ । हाल हलिवुडको फिल्म ‘इजन्ट इट रोमान्टिक’ फिल्मको सुटिंगमा व्यस्त प्रियंकाले यस पछि अमेरिकी टेलिभिजन सिरिज क्वांटीकोको सुटिंग गर्ने बताइएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै