• २०८१ बैशाख १५ शनिबार

बाहुबलीपछि नचलेका प्रभास

kharibot

मुम्बई । सोमबारबाट फिल्म ‘आदिपुरुष’को विश्वव्यापी बक्सअफिसमा आइतबारको तुलनामा झण्डै ७५ प्रतिशत गिरावट आएको छ । तर फिल्ममा आएको विवाद र नकारात्मक समीक्षाका बाबजुद पनि एउटा चिज अझै जीवित छ–प्रभासको स्टारडम ।

कुनै पनि फिल्म आफ्नो कथाको शक्तिमा चल्दछ । तर सुपरस्टार ती हुन्, जसको फिल्मले उसको अनुहारका कारण राम्रो सुरुवात लिन्छ । अभिनेता प्रभास बक्सअफिसमा कति शक्तिशाली छन् भन्ने कुरा उनको हाल प्रदर्शनरत फिल्म ‘आदिपुरुष’ मात्र होइन, पछिल्ला दुई फिल्म ‘साहो’ र ‘राधेश्याम’लाई नै हेर्दा हुन्छ ।

उनका फ्यान फिल्म रिलिज हुनासाथ थिएटरमा भरिन्छ । यसकै उदाहरणका रुपमा ‘आदिपुरुष’लाइ लिन सकिन्छ । यो फिल्मले पहिलो दिन उत्कृष्ट ओपनिङ गर्यो । भलै यो फिल्म विवाद र फ्यानको आक्रोशमा नपरेको भए यसको कमाई अन्य दिन झन उत्कृष्ट नै हुने थियो । प्रभासको स्टारडम कै कारण फिल्मले पहिलो तीन दिनमा शानदार कमाई गर्यो । शुक्रबार, शनिबार र आइतबार मिलाएर ‘आदिपुरुष’ले भारतमा २ सय २० करोड रुपैयाँ बढी कलेक्सन गर्यो ।

तेलुगू उद्योगको प्रतिनिधित्व गर्ने प्रभासको फ्यान फलोइङको कारणले नै पहिलो दिन दिनमा यो फिल्मको हिन्दी भर्सनभन्दा बढी कमाई तेलुगु भर्सनबाट आयो । हिन्दी फिल्मले ३७ दशमलब २५ करोड कमाउँदा तेलुगु भर्सनले ४८ करोड कमाई गर्यो । पहिलो हप्ताका लागि फिल्मको एडभान्स बुकिङ जोडदार थियो, यसको कारण थियो, प्रभासको स्टारडम र फिल्ममा रामायण कनेक्सन ।

‘आदिपुरुष’ को बक्सअफिस कलेक्सन सोमबारदेखि चिसिन थालेको छ । मंगलबारको एडभान्स बुकिङ या अकुपेन्सी हेर्दा फिल्मले पाँचौं दिनमा राम्रो कमाई गर्छ भन्ने कतै आश छैन । पहिलो ३ दिनमा विश्वव्यापी ३ सय करोडको कलेक्सन गर्ने फिल्म चौथो दिनमा जसरी गिर्यो, त्यसपछि हिट हुने सम्भावना अब केवल अनुमान मात्र हुनसक्छ । प्रभासका लागि पहिलो सातापछि आफ्नो फिल्मले संघर्ष गर्नुपरेको तथ्य नयाँ कुरा होइन । 

एसएस राजामौलीको ‘बाहुबली’ फ्रेन्चाइजीपछि नै प्रभासको फिल्म त्यो स्केलमा प्रस्तुत हुन पाएको छैन, जस्तो उनको स्टारडमको तह छ । ‘बाहुबली २’ को ऐतिहासिक सफलतापछि प्रभास ‘साहो (२०१९)’का साथ थिएटरमा फर्किए । भारतमा यसको ओपनिङ कलेक्सन ‘आदिपुरुष’को भन्दा पनि राम्रो थियो । फिल्मले पहिलो दिन ८९ करोड रुपैंयाँ कलेक्सन थियो । फिल्मको तेलुगु भर्सनले नै पहिलो दिन ६० करोड रुपैंयाँ बढी कलेक्सन गरेको थियो । हिन्दीमा फिल्मले २४ करोड बढी कमाई गरेको थियो । शनिबार र आइतबार पनि ‘साहो’को स्टार फ्याक्टर चल्यो र फिल्मले दुई दिनमा ५५ करोड बढी कमाई गर्यो । पहिलो सातामा फिल्मले नेट इण्डिया कलेक्सन २ सय करोड कम गर्यो ।

फिल्मले राम्रो समीक्षा पाएन नै, एक्सन र सस्पेन्सको मामलामा पनि दर्शकलाई तान्न सकेन । यो फिल्मको पाँच हप्ता पछि लाइफटाइम इण्डिया कलेक्सन ३ सय १० करोड पुग्यो । फिल्मको बजेट ठूलो थियो, तर पहिलो साताको कमाईले यो फिल्म फ्लपको ट्यागबाट बच्यो ।

सन् २०२२ मा रिलिज ‘राधे श्याम’मा पनि यस्तै भयो । यसपटक प्रभास रोमान्टिक भूमिकामा थिए । तर फिल्मको कथाले दर्शकलाई फेरी निरास बनायो । फिल्मको समीक्षा खराब आयो र यसको रोमान्टिक एंगलले दर्शकलाई अपिल गर्न सकेन । तर पनि फिल्मले पहिलो सातामा राम्रो कमाई गर्यो । फिल्मले भारतमा पहिलो दिन ४३ करोडको ओपनिङ गर्यो । त्यसपछिका दुई दिनको कमाई मिलाउँदा फिल्मको विकेन्ड कलेक्सन ९० करोड पुग्यो । तर पहिलो साता पुरा हुँदा फिल्मले सय करोड भन्दा केही कममात्र कमाई गर्यो । दोस्रो सातामा त यो फिल्म प्रदर्शन भएका थिएटर नै भेटिएनन् । २ सय करोड बजेटमा बनेको फिल्मले विश्वव्यापी रुपमा १ सय ६० करोडमात्र कमायो ।

तथ्यांकले यो साबित गर्छ कि ‘बाहुबली २’ पछि प्रभासको फिल्म बक्स अफिसमा पूर्ण रुपमा संघर्षरत छ । ‘आदिपुरुष’ले त्यो कथामा केही परिवर्तन ल्याउने आशा थियो । ‘आदिपुरुष’ले हालसम्म त ‘साहो’ र ‘राधे श्याम’ भन्दा राम्रो कमाई गरेको छ । तर यस किसिमको मण्डे कलेक्सन पछि ५ सय करोड बजेटमा बनेको फिल्म हिट हुन मुस्किल नै देखिएको छ । अहिलेसम्म बक्सअफिसमा प्रभासलाई सबैभन्दा ठूलो पेन इण्डिया स्टार भन्न गलत हुनेछैन । उनी भारतका एक्ला यस्तो स्टार हुन्, जसको ३ फिल्मले विश्वव्यापी रुपमा सय करोड बढी ओपनिङ गरेको छ ।

सुपरस्टारको सबैभन्दा ठूलो भूमिका यही हुन्छ कि उसको नामले, अनुहारले फिल्मको उत्कृष्ट सुरुवात हुन्छ । मानिसहरु आफूलाई मनपर्ने स्टारलाई भेट्न अवश्य नै आउँछन् । तर स्टारडमको शक्तिले पहिलो तीन दिन नै फिल्मलाई चलाउँछ । तथ्यांकले पहिलो साताको खेलमा प्रभास अहिलेसम्मकै दमदार स्टार हुन् भन्ने देखाउँछ, तर फिल्म छनोटको मामलामा उनको च्वाइस कहिल्यै पनि राम्रो हुन सकेन ।

प्रभास एक यस्ता स्टार हुन्, जो एकपटक प्रतिबद्धता जनाएपछि पूर्ण रुपमा निर्देशक र फिल्मको हुन्छन् । तर उनका फिल्मको यस्तै अवस्था रहिरहने हो भने त्यो समय टाढा छैन, जब प्रभासको नाममा पनि जनता थिएटरमा जान हिम्मत जुटाउने छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै