• २०८१ बैशाख २५ मंगलबार

रोनाल्डोको किर्तिमान गिनिज बुकमा दर्ता

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलेको किर्तिमान गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

गएराती युरोकप छनौट अन्तर्गत पोर्चुगलले आइसल्याण्डविरुद्धको खेलमा खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा २००औं खेल खेलका हुन् ।

रोनाल्डो विश्वमै पुरुष फुटबलमा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । रोनाल्डोको यो रेकर्ड गिनिज वर्ल्ड रेकर्डमा दर्ता गरेर आइसल्याण्डविरुद्धको खेल अघि उनलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

साथै रोनाल्डो आइसल्याण्डविरुद्ध निर्णायक गोल गर्दै पोर्चुगललाई जिताएका थिए ।

अन्तर्राष्ट्रिय खेलमा १२३ गोल गर्दै सबैभन्दा बढी गोल गर्ने किर्तिमान पनि रोनाल्डोकै नाममा रहेको छ ।

अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डोपछि धेरै खेल खेल्ने रेकर्ड कुवेतका बादेर अल मुतावाको नाममा रहेको छ । मुतावाले १९६ खेल खेलेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै