• २०८१ बैशाख १७ सोमबार

पहिलो हाफमा नेपाल र फिलिपिन्स गोलरहित बराबरी

kharibot

काठमाडौं । नेपाल र फिलिपिन्स बीचको मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिएको छ ।

नेपाल र फिलिपिन्स पहिलो हाफमा गोलरहित बराबरी खेलेका छन् ।

आजको खेलमा नेपालका लागि मिडफिल्डर लाकेन लिम्बु र डिफेन्डर विमल पाण्डेले नेपाली राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेका छन् ।

फिलिपिन्सविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले लाकेन र विमललाई सुरुवाती रोजाइमा खेलाउँदै डेब्यु गराएका हुन् ।

फिफा वरियतामा १३६औँ स्थानमा रहेको फिलिपिन्ससँग १७४औँ स्थानमा रहेको नेपालले यसअघि ५ खेल खेलेकोमा एक जित हासिल गरेको थियो । त्यस्तै फिलिपिन्सले ३ खेल जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै