• २०८१ बैशाख १७ सोमबार

मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र फिलिपिन्स भिड्दै

kharibot

काठमाडौं । साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपाली राष्ट्रिय फुटबल टीमले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिलिपिन्सको मनिलास्थित रिजल मेमोरियल रंगशालामा हुने खेल नेपाली समयअनुसार ४:४५ मा सुरु हुनेछ ।  

साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि १८ गतेसम्म भारतको बेङ्गलुरुमा हुनेछ । ए डिभिजन लिगका कारण लामो तयारी समय नपाएको नेपाली टीम केही दिन यता फिलिपिन्समै अभ्यास गरिरहेको छ ।

नेपाल र फिलिपिन्सले हालसम्म ६ पटक आमनेसामने भएका छन् । जसमा नेपालले एक र फिलिपिन्सले चार खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ ।

एसिया कप छनोट अन्तर्गत सन् २०१७ मा भएको पहिलो खेलमा नेपाल ४-१ ले पाजित हुँदा दोस्रो खेल गोलविहीन बराबरीमा सकिएको थियो । त्यसपछि नेपाल र फिलिपिन्स पहिलोपटक आमनेसामने हुँदैछन् ।

नेपाली टीम

गोलकिपर  :  किरण चेम्जोङ(कप्तान), दीप कार्की, विशाल श्रेष्ठ ।
रक्षक :  रोहित चन्द, अनन्त तामाङ, देवेन्द्र तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, निशान्त खड्का, सिमन्थ थापा ।
मिडफिल्डर  : पुजन उपरकोटी, नवीन लामा, एरिक विष्ट, मणिकुमार लामा, लाकेन लिम्बु, आवास लामिछाने ।
फरवार्ड  :  नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्ती मगर, आयुष घलान, दिपकराज सिंह ठकुरी, मनिष डाँगी, आशिष चौधरी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै