• २०८३ कार्तिक २७ शुक्रबार

नेपाली महिला क्रिकेट टिमले आज भारतसँग खेल्दै

नेपाली महिला क्रिकेट टिमले आज भारतसँग खेल्दै

काठमाडौँ । नेपालले हङकङमा जारी एसिसी महिला टी- २० इमर्जिङ टिम्स एसिया कप अन्तर्गतको दोस्रो खेलमा आज भारतको सामना गर्दै छ ।

समुह ए अन्तर्गत नेपालले आज भारत ए टिमको सामना गर्ने भएको छ । यो खेल नेपाली समय अनुसार विहान सवा ११ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तान ए सँग हार बेहोरिसकेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल पाकिस्तान एसँग ९ रनले हारेको थियो ।

१२ जुनदेखि २१ जुनसम्म हङकङमा हुने प्रतियोगितामा नेपाल भारत र पाकिस्तानको ए र आयोजक हङकङसँगै समुह ए मा रहेको छ । 

नेपालले अब आफ्नो समुह चरणको अन्तिम खेल १७ जुनमा आयोजक हङकङसँग खेल्ने तालिका रहेको छ ।

नेपाली टीम- रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, कबिता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, काजल श्रेष्ठ, कृतिका मरासिनी, सरस्वती कुमारी चौधरी, अश्मिना कर्मचार्य, इश्वरी बिष्ट, अप्सरी बेगम र कबिता जोशी ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै