• २०८१ बैशाख १५ शनिबार

साउदी क्लबको निशानामा मोरिन्हो !

kharibot

काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले चर्चित प्रशिक्षक जोसे मोरिन्होलाई भित्र्याउने पहल शुरु गरेको छ ।

हाल इटालियन क्लब एएस रोमाको प्रशिक्षक रहेका मोरिन्होसँग अल हिलालले छलफल शुरु गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । अल हिलालले मोरिन्होलाई आकर्षक प्रस्ताव दिएर साउदी ल्याउन खोजेको बताइएको छ ।

अल हिलालले मोरिन्होलाई खेलाडी किन्ने पूर्ण स्वतन्त्रता दिएर भित्र्याउने अफर गरेको उल्लेख गरिएको छ ।

६० बर्षिय मिरिन्हो २०२१ देखि रोमाको प्रशिक्षक रहेका छन् र उनले अहिले रोमा छोड्ने तयारी गरेको विषय चर्चामा रहेको छ । रोमामा उनको अझै एक बर्ष सम्झौता रहेको छ ।

अल हिलालले अनुभवी प्रशिक्षक भित्र्याउने योजना अनुसार मोरिन्होलाई आकर्षक प्रस्ताव दिएर भित्र्याउन पहल शुरु गरेको विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार अल हिलालका प्रेसिडेन्ट वालिद मोआजले आउदो साता मोरिन्होसँग प्रत्यक्ष भेट गर्ने दाबि गरिएको छ ।

चेल्सी, रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड, पोर्टो र इन्टर मिलान जस्ता क्लबका पुर्व प्रशिक्षक रहेका मोरिन्होलाई उनले चाहेका खेलाडी किन्ने अधिकार दिन खोजिएको बताइएको छ ।

मोरिन्हो बाहेक अल हिलालले हाल युभेन्टसका प्रशिक्षक मासिमिलियानो अल्लेग्रीसँग समेत छलफल गरेको छ । उनलाई अहिले भन्दा चार गुणाबढी पारिश्रमिक दिने गरि छलफल भएको दाबि गरिएको छ ।

अल हिलालले लियोनेल मेसीलाई भित्र्याउने प्रयास गरेपनि सफल भने हुन सकेन । हाल हिलालले पिएसजीकै नेइमारलाई बम्पर अफर दिएर भित्र्याउने प्रयास जारी राखेको छ ।

यस सिजनमा साउदी प्रो लिगमा अल हिला अल इतिहाद र क्रिस्टियानो रोनाल्डोको अल नासरपछि तेस्रो स्थानमा रहेको थियो । अल नासरले रोनाल्डोलाई भित्र्याएपछि अब अन्य साउदी क्लबपनि हाइप्रोफाइल खेलाडी भित्र्याउने दौडमा लागेका छन् । यसअघि यस सिजनको च्याम्पियन अल इतिहादले करिम बेन्जमालाई भित्र्याइसकेको छ भने अन्य एक दर्जन भन्दा बढी हाई प्रोफाइल खेलाडीहरु विभिन्न साउदी क्लबहरुसँग वार्तामा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै