• २०८१ बैशाख १७ सोमबार

तिलोत्तमालाई बुटवल उपमहानगरको पत्र- नदीजन्य पदार्थ उत्खनन् गर्दा सीमा मिचियो

kharibot

रुपन्देही । बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ निकासी गर्दा तिलोत्तमा नगरपालिकाबाट सीमा मिचिएको जनाएको छ 

आज राससमा ‘यसरी भइरहेको छ तिनाउ नदीको दोहन’ शीर्षकमा समाचार प्रकाशित भएपछि उपमहानगरपालिकाले तिलोत्तमा नगरपालिकालाई पत्राचार गरी सहमति पालना गर्न अनुरोध गरेको छ ।

सीमा रेखाङ्कन नगरी नदीजन्य पदार्थ उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकाले बुटवलले तिलोत्तमाबाट भएको प्रारम्भिक वातावरण परीक्षण अध्ययन प्रतिवेदन उपलब्ध गराउन अनुरोध गरेको छ ।

सिमाना नदीमा नदीजन्य पदार्थ उत्खनन गर्दा सीमा जोडिएका पालिकाहरूबीच आपसी समन्वय गरी विवादरहित ढङ्गले उत्खनन् गर्ने गराउने सम्बन्धमा जेठ ६ गते भएको निर्णय कार्यान्वयन नभएको पत्रमा उल्लेख छ ।
“बुटवल उपमहानगरपालिकाको वडा नं १७ र १८ को सीमा क्षेत्रमा बुटवलतर्फको भागमा नदीजन्य पदार्थ उत्खनन भएको, सीमा नदीको प्रारम्भिक वातावरण परीक्षण अध्ययन गर्दा समन्वय हुन नसकेको र सीमा रेखाङ्कन नगरी उत्खनन गर्दा बुटवलको क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन भइरहेको देखिएकोले त्यहाँबाट भएको प्रतिवेदन एक प्रति उपलब्ध गराइदिने व्यवस्था हुन अनुरोध छ”, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीद्वारा हस्ताक्षर रहेको पत्रमा भनिएको छ ।

यसअघि वैशाखमा पनि बुटवल उपमहानगरपालिकाले पत्राचार गरी नदीजन्य पदार्थ अनियमित उत्खनन हुनसक्ने र सो विषयमा विवाद हुन सक्ने भन्दै नदीको क्षेत्र छुट्ट्याई मार्किङ गर्ने कार्यमा जिल्ला समन्वय समितिबाट सहजीकरण गर्न अनुरोध गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै