• २०८१ बैशाख २३ आइतबार

अर्थ समितिमा गभर्नर र धितोपत्र बोर्डका अध्यक्षलाई छलफलमा बोलाउने

kharibot

काठमाडौं । संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई छलफलमा बोलाउने निर्णय गरेको छ । 

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले बैंक र धितोपत्र बोर्डका विषयमा प्रश्न उठेकाले छलफलका लागि गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमाललाई बोलाउने निर्णय गरेको हो । 

यसअघि बैठकमा सांसद नारायणी शर्माले घोराही सिमेन्टको आईपीओका विषयमा प्रश्न उठाउँदै धितोपत्र बोर्डका अध्यक्षलाई बोलाएर जवाफ लिनुपर्नेमा माग गरेकी दिइन् ।

यस्तै सांसद ज्ञानेन्द्र शाही, पूर्णबहादुर तामाङसमेतले बैंकको कार्यक्षमतामा प्रश्न उठाएरपछि गभर्नर अधिकारीलाई बोलाएर छलफल गर्ने समितिले निर्णय गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै