• २०८१ बैशाख २४ सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो

kharibot

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ ।

विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो । टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो ।

ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै