• २०८१ बैशाख १६ आइतबार

दुई राउण्ड गोली र लागूऔषधसहित चार जना पक्राउ

kharibot

ललितपुर। महालक्ष्मी नगरपालिका-६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका-७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका-१ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधरमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गोली, अवैध लागूऔषध ब्राउनसुगर करिब १४ ग्राम ६८ मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्रोजन ९ ट्याव्लेट, स्पाम्स १४ ट्याव्लेट, डिजिटल तराजु १ थान, फलामको नक १ थान, मोबाइल ८ थान, एटिएम कार्ड ४ थान, चेक बुक ३ थान, कृषि विकास बैंकको साईन गरेको २ हजारको चेक, एनआइसी एसिया बैंकको साईन गरेको २ हजारको चेक, आइएमई कार्ड १ थान र नगद ५ हजार ३ सय ७५ रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।  

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै