• २०८१ बैशाख १५ शनिबार

अभिनेत्री काजोलले किन लिइन् सामाजिक सञ्जालबाट ब्रेक ?

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री काजोलले सामाजिक सञ्जालबाट ब्रेक लिएको घोषणा गरेकी छन् ।

काजोलले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा अचानक ब्रेक लिएको घोषणा गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन् । काजोलले ब्रेकको कारण भने खुलाएकी छैनन् तर उनले यो घोषणा गर्दै आफु जीवनको सबैभन्दा कठिन चरणबाट गुज्रिएको बताएकी छन् ।

उनले लेखेकी छन्- 'म आफ्नो जीवनको सबैभन्दा कठिन चरणको सामना गरिरहेकी छु ।’

यो पोस्ट सेयर गर्दै काजोलले क्याप्सनमा लेखेकी छिन्, ‘सामाजिक सञ्जालबाट ब्रेक लिँदैछु।’ यससँगै काजोलले आफ्नो इन्स्टाग्राम एकाउन्टका सबै पुराना पोष्टहरु डिलिट गरेकी छन् ।

अभिनेत्रीको यो पोष्टलाई लिएर फ्यानहरुले धेरै अनुमान लगाएका छन् । काजलले आफ्नो आगामी वेब सिरिज ‘लस्ट स्टोरीज २’ को प्रमोशनका लागि यस्तो गरेको धेरैको विश्वास छ । यसैबीच, कतिपयले काजोल व्यक्तिगत जीवनमा खराब चरणबाट गुज्रिरहेको अनुमान गरिरहेका छन् ।

काजोलको यो पोस्टलाई लिएर धेरै फ्यानले उनको चिन्ता पनि व्यक्त गरेका छन् । 

यसअघि पनि धेरै सेलिब्रेटीहरुले आफ्नो आगामी प्रोजेक्टलाई यसरी प्रमोट गरिसकेका छन् । यसैबीच, आमिर खान, सोनाक्षी सिन्हा र शिल्पा शेट्टी जस्ता कलाकारहरूले समय-समयमा सोशल मिडिया ब्रेक लिइरहेका छन् । उनीहरुमध्ये कोही ट्रोल भएकाले र कोही निजी कारणले यो ब्रेक लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै