• २०८१ बैशाख १६ आइतबार

मन्त्रिपरिषदको निर्णय र नागरिकता विधेयक प्रमाणीकरणको फाइल झिकाउन आदेश

kharibot

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयकको प्रमाणीकरणको विषयमा नागरिकता विधयेकसम्बन्धी मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । साथै इजलासले सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकेको छ ।

न्यायाधीश प्रकाशमान सिंह र सुष्मालता माथेमाको संयुक्त इजलासले शुक्रबार भएको सुनुवाइपछि मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि जेठ २१ गते प्रारम्भिक सुनुवाइ गर्दै यसअघि डा. मनोज कुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै