काठमाडौँ । इटाली र उरुग्वे फिफा यू-२० विश्वकप फुटबलको फाइनलमा पुगेका छन् ।
गएराती सम्पन्न सेमिफाइनलका खेलमा इटालीले दक्षिण कोरियालाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै उरुग्वेले इजरायललाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।
अब फाइनल खेल इटाली र उरुग्वेबीच जुन ११ मा हुने छ ।
त्यस्तै तेस्रो स्थानका लागि इजरायल र दक्षिण कोरियाबीच खेल हुने छ ।