• २०८१ बैशाख १५ शनिबार

गर्मीले सुर्खेतका नीजि विद्यालय जेठ ३० सम्म बन्द

kharibot

सुर्खेत । गर्मीका कारण सुर्खेतका निजी विद्यालयहरू जेठ ३० गतेसम्म बन्द हुने भएका छन् ।

अत्यधिक गर्मी हुन थालेपछि निजी विद्यालयहरूले एक हप्ताको लागि पठनपाठन बन्द गरेका हुन । 

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को सुर्खेत जिल्लाभरीका विद्यालयलाई एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरे पछि जिल्लाका निजी बिद्यालयहरु बन्द भएका हुन ।

गत जेठ जेठ २४ बन्द हुन सुरु भएका बिद्यालयमा कम्तिमा पनि ३० सम्म पठनपाठन हुने छैन । 

अत्यधिक गर्मीका कारण बालबालिका बेहोस हुन थालेको तथा लुको खतरा बढेकाले स्वास्थ्यमा थप समस्या सिर्जना हुनसक्ने जोखिम बढेको भन्दै बिद्यालय बन्द गरिएका हुन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै