काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउका पुत्र जयवीरसिंह देउवाले प्रेमिका शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् ।
बिहीबार बेलुका आयोजित भव्य समारोहमा दुवै पक्षका परिवार र आफन्त उपस्थित भएर इन्गेजमेन्ट गरेका हुन् ।
सो अवसरमा देउवा र पत्नी आरजु राणा सहभागी थिए । दुवै परिवारले जयवीर र शिवानालाई टीकामाला लगाइदिंदै आशिर्वाद दिएका छन् ।
जेठ पहिलो साता उनीहरुले औंठी साटासाट गरे पनि पारिवारिक जमघटमा समारोह भएको थिएन । जयवीर र शिवाना लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।
आगामी भदौमा उनीहरुले विवाह गर्ने तयारी रहेको जनाइएको छ ।
जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रशासनको व्यवसाय गर्छिन् ।
उनी कभर गायिका समेत हुन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीतहरु सार्वजनिक गरिरहेकी छन् ।