काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले साना विद्युतीय सवारीमा बढाएको कर र विवादित निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको बचाउ गरेका हुन् ।
उनले सांसदले छानेका योजनमा सरकारी खरिद प्रक्रिया मार्फत पैसा काम हुने उनले तर्क गर्दै सासंद्ले स्थानीयको आवश्यकतामा आधारमा योजना छान्ने मात्र भूमिका हुने बताएका छन् ।
त्यस्तै उनले विद्युतीय सवारीमा कर बढाएको भन्दै चौतर्फी आलोचना भएपछि विद्युतीय गाडीमा कर भन्दा बिक्रेताले कमिसन बढी लिएको भन्दै नियमन खाँचो रहेको बताए ।
उनले साना विद्युतीय सवारीमा कर बढाएर ठूला सवारीमा घटाई एकरूपता ल्याउन खोजेको बताए ।
नयाँ आर्थिक ऐनले ५० देखि १०० किलोवाट सम्मका सवारीमा लाग्दै आएको १० प्रतिशत भन्सार बढाएर १५ प्रतिशत पुर्याइयो । त्यस्तै अन्तःशुल्क ५ प्रतिशत लगाएको छ भने १०० देखि २ सय किलोवाटसम्मका सवारीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा २० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क कायम गरेको छ ।
२ सय देखि ३ सय किलोवाट ४५ प्रतिशत भन्सार रहेकोमा ५ प्रतिशत घटाएर ४० प्रतिशत कायम गरिएको छ ।