• २०८१ बैशाख १४ शुक्रबार

प्रधानमन्त्री प्रचण्डले संसदलाई दिए भारत भ्रमणको जानकारी

kharibot

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।

सोमबार साँझ बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणको क्रममा उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने बताएका छन् ।

चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने उनले जानकारी दिए ।

नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् । उनले उज्जैन पनि जाने जानकारी दिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा पाँचमन्त्री, सचिवहरुसहित करिब सय जनाको प्रतिनिधि मण्डल रहेको बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै