काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ल्याएको बजेट राम्रो भएको र कार्यान्वयनमा जोड दिनुपर्ने प्रतिक्रिया दिएका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बजेट समय अनुसार राम्रो आएको र कार्यान्वयन गर्नुपर्नेमा टिप्पणी गरेका हुन् ।
सांसद शाहीले प्रतिपक्ष भए पनि यसले देशको अर्थतन्त्र सुधार गर्नसक्ने खालको भएको बताउदै उनले कृषि क्षेत्रमा सोचे जस्तो नभएपनि जडिबुटीमा राम्रो बजेट आएको बताए ।
उनले सांसद विकास कोषको रकम सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताउदै यसको राम्रो अडिट हुनुपर्नेमा उनले जोड दिए ।