• २०८१ बैशाख १५ शनिबार

एर्दोगान टर्कीको राष्ट्रपतिमा तेस्रो पटक निर्वाचित

kharibot

काठमाडौँ । रेसेप तैयिप एर्दोगान टर्कीको राष्ट्रपति पदमा तेस्रो पटक निर्वाचित भएका छन् 

आइतबार भएको दोस्रो चरणको मतदानमा ५२.१६ प्रतिशत मत प्राप्त गर्दै एर्दोगान आफ्नो तेस्रो कार्यकालका लागि निर्वाचित भएको बिबिसीले जनाएको छ । 

उनका प्रमुख प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुको एर्दोगानलाई पराजित गर्ने प्रयास फेरी असफल भएको छ । 

एर्दोगान २०१३ मा टर्कीको प्रधानमन्त्री बनेका थिए भने २०१४ देखि टर्कीको राष्ट्रपति रहेका छन् । 

गत वैशाख ३१ गते भएको राष्ट्रपति र संसदीय निर्वाचनमा करिब पाँच करोड ४० लाख अर्थात्  ८६.९८ प्रतिशतले नागरिकले मतदान गरेका थिए । उक्त निर्वाचनमा मतदाताको उत्साहप्रद सहभागिता रहेको थियो । हालै १८ वर्ष पुगेका करिब ५० हजार नयाँ मतदाताको  चुनावमा पहिलोपटक आफ्नो मताधिकार प्रयोग गरेका थिए । 

पहिलो चरणको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति एर्दोगानले ४९.५२ प्रतिशत मत प्राप्त गरेका थिए भने किलिचदारोग्लुले ४४.८८ प्रतिशत मत प्राप्त गरेका थिए ।

यसैबीच, संसदीय निर्वाचनको नतिजाले राष्ट्रपति एर्दोगानको पिपल्स अलायन्सले ६०० सिट भएको संसदमा ३२३ सिटमा बहुमत हासिल गरेको देखाएको छ भने छ दलको विपक्षी ब्लक नेसन एलायन्सले २१२ सिट प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै