• २०८१ बैशाख १८ मंगलबार

लखनउलाई हराउदै मुम्बई दोस्रो क्वालिफायरमा

kharibot

काठमाडौँ । मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

बुधबार राति सम्पन्न इलिमिनेटर खेलमा मुम्बई इण्डियन्सले लखनउ सुपर जाइन्टलाई ८१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको हो ।

मुम्बईले दिएको १८३ रनको लक्ष्य पछाएको लखनउले १६.३ ओभरमा १०१ रन बनाउदै अल आउट भएपछि खेल ८१ रनले पराजित गरेको हो ।

लखनउका लागि मार्कस स्टोइनिसले ४० रन बनाए भने  कील मायर्सले १८ रन बनाए भने दीपक हुडडाले १५ रन बनाए । लखनउका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यसैगरी मुम्बईका बलर आकाश माधवलले सर्बाधिक ५ विकेट लिए भने क्रिस जोर्डन र पियुष चावलाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको थियो ।

मुम्बईका लागि क्यामरुन ग्रीनले ४१ रन बनाए भने सूर्यकुमार यादवले ३३ रन बनाए । त्यस्तै तिलक बर्माले २६, नेहल वाढेराले २३, इशान किशनले १५, टिम डेविडले १३ र कप्तान रोहित शर्माले ११ रन बनाए ।

त्यसैगरी लखनउका बलर नवीन उल हकले सर्बाधिक ४ विकेट लिए भने यश ठाकुरले ३ विकेट लिए । त्यस्तै मोशिन खानले एक विकेट लिए ।

योजितसँगै मुम्बई इण्डियन्स दोस्रो क्वालिफायरमा पुगेको छ र अब फाइनलको यात्रा तय गर्न गुजरात टाइटन्ससँग खेल्ने छ । त्यस्तै यस खेलमा पराजित भएसँगै लखनउको आइपिएल यात्रा टुंगिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय