• २०८१ बैशाख १४ शुक्रबार

पैसा लिएको पुष्टि भए जस्तोसुकै सजाय भोग्न तयार छौं- डा. ढकाल

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले ढाकाकुमार श्रेष्ठलाई सांसद बनाउन पैसा लिएको समाचारको खण्डन गरेका छन् ।

श्रेष्ठलाई समानुपातिक सांसद बनाउन पार्टी उपसभापति डिपी अर्याल र ढकालले २ करोड ८४ लाख लिएको समाचार प्रकाशित भएपछि उनले सो समाचारको खण्डन गरेका हुन् ।

उनले भनेका छन्- 

केहि सञ्चार माध्यममा मैले र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको छ । यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ । आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै