• २०८१ बैशाख ७ शुक्रबार

आइपिएल ट्रफीका लागि लडिरहेका विराट !

kharibot

काठमाडौँ । करिब साढे दुई हजार वर्षअघि ग्रीसमा यस्तो साहित्यको उदय भएको थियो, जसमा नायक सबै राम्रा कुराले भरिपूर्ण हुन्छ, तर उसमा वा वरपरको एउटा खराबी वा कमीले अन्ततः उसलाई हानि पुर्याउँछ । यस्ता दुखद अन्त्य भएका कथा र नाटकहरूलाई ग्रीक त्रासदी भनिन्थ्यो ।

ट्र्याजेडी ड्रामा अर्थात् यस्तो कथा, जसको अन्त्य सधैं दुःखदायी हुन्छ । यसमा नायकको सङ्घर्ष देखाइएको हुन्छ, ऊ कसरी महाशक्ति वा आफ्नो भाग्यसँग लड्दै अगाडि बढ्छ तर अन्त्यमा पराजित हुन्छ । ग्रीक त्रासदीको एउटा महत्त्वपूर्ण कुरा यो हो कि भाग्यले नाटकका पात्रहरूलाई आफ्नो हिरासतमा राख्छ ।

यी कथाहरुको प्रसंग भारतीय क्रिकेटर विराट कोहलीसँग ठ्याक्क मिल्न जाने देखिन्छ ।

भारतीय क्रिकेटका लिजेण्ड खेलाडी विराट कोहली पनि इण्डियन प्रिमियर लिग (आइपिएल) मा एथेन्सको एक कोलिजियममा साढे दुई हजार वर्षअघि आफ्नो भाग्यसँग लडिरहेको जस्तै लडिरहेको खेलाडीको रुपमा चित्रण गर्न सकिन्छ ।

विराटले क्रिकेटका सबै उचाइहरू हासिल गरेका छन् । उनी एकदिवसीय, टेस्ट र टी–२० मा विश्वको नम्बर एक ब्याट्सम्यान बनेका छन् । उनले एकदिवसीय विश्वकप पनि जितेका छन् र भारतलाई टी-२० र टेस्टमा पनि नम्बर एक टोली बनाएका छन् । तर उनले अहिलेसम्म नजितेको आइपिएल ट्रफी मात्र हो । यो ट्रफी जित्न विराटले आफ्ना सबै प्रयास गरेका छन् र अहिले पनि त्यो जारी छ ।

उनले आईपीएलमा ब्याटिङका सबै ठूला कीर्तिमान बनाए । उनले सर्वाधिक ७१८८ रन बनाएका छन् भने ७ शतक र ४९ अर्धशतक पनि बनाएका छन् । उनी आइपिएलमा सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी शतक बनाउने खेलाडी हुन् ।

सन् २०१६ मा उनले १६ खेलमा ९७३ रन बनाएका थिए भने सोही सिजनमा ४ शतक र ७ अर्धशतक बनाएका थिए । तर पनि उनको टोली जितबाट बञ्चित रह्यो ।

आईपीएलको दोस्रो सिजनमा रोयल च्यालेन्जर्स बैंगलोरको टोली फाइनलमा पुगेपनि हार बेहोरेको थियो । यसबाहेक २०११ र २०१६ मा पनि बैंगलोरको टोली फाइनलमा पुगेको थियो । तर टोलीले उपाधि जित्न सकेन ।

त्यसअघि सन् २००९ मा बैंगलोरको टोली डेक्कन चार्जर्ससँग पराजित भएको थियो भने २०११ मा विराटको टोली चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । जहाँ सन् २०१६ मा बेंगलुरुको टोली फाइनलमा सनराइजर्स हैदरावादसँग पराजित भएको थियो ।

यो वर्ष फेरि विराटले १४ खेलमा ६३९ रन बनाए, जसमा उनले २ शतक र ४ अर्धशतक बनाए । 

यस सिजनको अन्तिम खेलमा विराटले शतकीय पारी खेले पनि टिमलाई जिताउन भने सकेनन् ।  जित्ने पर्ने यस खेलमा युवा ब्याट्सम्यान शुभमन गिलले शतकीय पारी खेलेर बैंगलोर र विराटदुवैलाई प्लेअफ खेल्नबाट बन्चित गराए । 

विराटको शतकको जवाफ गिलको शतकले दिएको थियो । जसरी गिल आफ्नो शतकको नजिक पुग्दै थिए र कोहली निराश भएर डगआउटमा क्याप लगाएर बसिरहेका देखिन्थे ।

त्यतिबेला सोहराबले रुस्तुमलाई हराएजस्तो लाग्थ्यो । रुस्तुम सोहराबको दंगलमा पनि दर्शकका आँखा रसाए, दंगल फिल्ममा पनि छोरीले बुवालाई कुटेको देखेर दर्शकका आँखा रसाए ।

आइतवार चिन्नास्वामी स्टेडियममा आफ्नो मनपर्ने विराटको टोली हारेको देखेर दर्शकहरू छक्क परेका थिए । गिलको प्रत्येक अचम्मको शटमा क्रिकेट फ्यानहरूको हातबाट ताली र आँखाबाट आँसु निस्किरहेको थियो ।

गुजरातले गत वर्ष पहिलो पटक आईपीएल खेलेको थियो र पहिलो प्रयासमा नै उपाधि जितेको थियो । यो वर्ष पनि गुजरातको टोली मुख्य दावेदार हो ।

शुभमन गिलले विजयी छक्का प्रहार गर्दा हार्दिक पाण्डेय बधाई दिन दौडिएपछि क्यामेरा पनि विराट कोहलीतर्फ गयो । विराटको अनुहार मलिन थियो र आइपिएल ट्रफीको प्रतिक्षा थप एक बर्ष लम्बिएको भाव बुझ्न सकिन्थ्यो ।

-बिबिसी हिन्दीबाट  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै