• २०८१ बैशाख २२ शनिबार

बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न

kharibot

काठमाडौँ । सफा हिमाल अभियान, २०२३ अन्तर्गत बरुञ्‍चे हिमाल सफाई अभियान सम्पन्‍न भएको छ ।

क्याम्पेन लिडर सेनानी समिर बहादुर बस्नेतको नेतृत्वमा खट्टिएको नेपाली सेनाको आठ जना र शेर्पा सहयोगी सहितको टोलीले बरुञ्‍चे हिमालको आधार शिविरबाट संकलित बायो डिग्रेडेबल ३ हजार ५० के.जी. फोहोर संकलन गरिएको थियो । 

उक्त टोलीले संकलन गरेको नन बायोडिग्रेडेबल १५ हजार ४७० केजी फोहोर काठमाडौँ ल्याएको नेपाली सेनाले जनाएको छ ।

सो फोहोर क्याम्पेन डाईरेक्टर तथा राष्‍ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी सुन्दर कुमार पाण्डेले वेस्ट म्यानेजमेन्ट कम्पनि क्रियसन भेन्चर प्रालिलाई हस्तान्तरण गरेका छन् । 

यसअघि बैशाख २७ गते सफा हिमाल अभियान अन्तर्गत अन्‍नपूर्ण हिमालबाट संकलित फोहोर हस्तान्तरण भईसकेको छ भने सगरमाथा र ल्होत्से हिमालको सफाई जारी रहेको छ । यो अभियान जुन ५ मा विश्व वातावरण दिवसको दिन समापन हुनेछ । 

यसैबिच सगरमाथा आरोहण गरी फर्कने क्रममा निधन भएका फूर्वा शेर्पाको पार्थिव शरिरलाई नेपाली सेनाको हेलीकोप्टरद्वारा उहाँको गृह जिल्ला संखुवासभा पुर्‍याई पोष्टमार्टम पश्चात परिवारजनलाई बुझाइएको छ । 

सफा हिमाल अभियानमा संलग्न भई हिमाल आरोहणको क्रममा बिरामी भई उपचाररत सबै आरोहीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको नेपाली सेनाले जनाएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै