• २०८१ बैशाख २० बिहीबार

जी- ७ नेताहरू हिरोसिमा शान्ति स्मारकको भ्रमण गर्दै

kharibot

हिरोसिमा । यस वर्षको जी-७ शिखर सम्मेलनको आयोजक जापानी प्रधानमन्त्री फुमियो किशिदाले हिरोसिमा शान्ति स्मारक पार्क (गेनबाकु डोम) को भ्रमण गर्नका लागि विश्व नेताहरूलाई स्वागत गर्दै छन् । दोस्रो विश्वयुद्धका बेला सन् १९४५ अगस्ट ६ मा शहरमा संसारको पहिलो आणविक बम खसालिएको थियो । 

सात देशको समूहका नेताहरू र भारतसहित अन्य आठ आमन्त्रित देशका नेताहरूले हिरोसिमा शान्ति स्मारक पार्कको भ्रमण गर्ने अपेक्षा गरिएको छ। जी-७ शिखर सम्मेलनका लागि बिहीबारदेखि नेताहरू यहाँ आउन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार जापान, पपुवा न्युगिनी र अष्ट्रेलियाको तीन देशको भ्रमणमा जाने तयारी छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाको निमन्त्रणामा उनी मे १९ देखि २१ गतेसम्म जापानको हिरोसिमा भ्रमणमा जाँदै छन् ।

हिरोशिमा मानव इतिहासमा परमाणु हतियारको पहिलो सैन्य लक्ष्य थियो ।  संयुक्त राज्य अमेराकको वायु सेनाले शहरमा आणविक बम "लिटिल बोइ " खसालेको थियो। हिरोशिमाको अधिकांश भाग ध्वस्त भएको थियो र वर्षको अन्त्यसम्ममा विस्फोट, विकिरणको जोखिम र यसको प्रभावका कारण ९० हजार देखि र १ लाख ६६ हजार जनाको बीचमा मृत्यु भएको थियो। हिरोशिमा शान्ति स्मारक (युनेस्को विश्व सम्पदा स्थल) बम विष्फोटको स्मारकको रूपमा कार्य गर्दछ ।

जी- ७ शिखर सम्मेलनमा, स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकार जस्ता आधारभूत मूल्यहरू साझा गर्ने जी-७ का नेताहरूले त्यस समयमा अन्तरराष्ट्रिय समुदायले सामना गरिरहेको महत्त्वपूर्ण चुनौतीहरू जस्तै विश्वव्यापी अर्थतन्त्र, क्षेत्रीय मामिला र  अन्तरराष्ट्रिय  मामिलाका बारेमा गहन  छलफल हुने गरेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै